काठमाडौं, जेष्ठ २१ । सरकारले देशमा स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ। पछिल्लो समय कोरोनाको संक्रमितहरु ह्वात्तै बढेको तर अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालयले संकटकाल लगाउनेगरि प्रस्ताव लैजान लागेको हो।
मन्त्रालय स्रोतकाअनुसार आज बसेको बैठकले नै संक्रामक रोग ऐन २०२० अन्तर्गत् स्वास्थ्य संकलटकालको घोषणा गर्न प्रस्ताव गरिएको छ।
आजमात्रै पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महिनाभित्र संक्रमित संख्या १५ हजार पुग्ने आँकलन गरेका छन्। उनले भनेका थिए,‘संक्रमित संख्या दुई हजार नाघिसक्यो। अब एक महिनाको बीचमा यो १० देखि १५ हजार पुग्न सक्छ।’
Facebook Comments


























