काठमाडौं, जेष्ठ २० । राष्ट्रिय जनमोर्चाले संघीय संसद सचिवालयमा पुर्याएको संविधान संशोधन विधेयक सचिवालयले अस्वीकार गरेको छ। संविधान संशोधन विधेयकको ‘फर्म्याट’ नमिल्दा दर्ता नभएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन्।
‘सचिवालयमा हामीले लगेको संविधान संशोधन विधेयकको ‘फरम्याट’ नमिल्दा आज दर्ता हुन सकेन’, सांसद पौडेलले भनिन्, ‘सचिवालयले दिएको फर्म्याट अनुसार संशोधन विधेयक परिवर्तन गरेर भोलि वा पर्सि दर्ता गर्छौँ।’
जनमोर्चाले संघीयतासँगै सबै प्रादेशिक संरचना खारेज गर्नुपर्ने व्यवस्थासहितको संविधान संशोधन विधेयक दर्ता गर्न लागेको हो। जनमोर्चाले लामो समयदेखि संघीयता खारेजीको माग गर्दै आएको छ।
Facebook Comments


























