जेष्ठ २० । सिंगापुरले आजबाट लकडाउनमा छुट दिएको छ। आजबाट सिंगापुरमा विद्यार्थी विद्यालय जान सक्नेछन्।
उत्पाद र निर्माण क्षेत्र पनि केही सर्तसहित खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ।
कोरोना महामारीको शुरुआती दिनमा सिंगापुर कोरोना भाइरस रोकथामको लागि सफल मोडेल अपनाएको थियो। तर अप्रिलमा सिंगापुरमा कोरोनो संक्रमण फेरि फैलियो र सरकारले कडा कदम चाल्यो।
दोस्रो चरणमा सिंगापुरमा आप्रवासी कामदारहरूमा कोरोना संक्रमण फैलियो। त्यसपछि पुनः सिंगापुरले लकडाउनमा छुट दिएको हो।
सिंगापुरमा ३५ हजार २९२ जनामा कोरोना संक्रमण देखिसकेको छ। २४ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
Facebook Comments


























