जेष्ठ १८ । कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।
शनिबार राति भएको खेलमा बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे। यस्तै बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक एक गोल गरे।
बायर्नले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो। खेलको १५ औं मिनेटमा डुसलडोर्फका माथिआस जोर्गेनसनको आत्मघाती गोलबाट बायर्नले अग्रता बनाएको थियो।
२९ औं मिनेटमा पाभर्डले गोल गर्दा बायर्नको अग्रता दोब्बर बन्यो। ४३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफमा बायर्न ३-० ले अघि रह्यो।
५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो। त्यसपछि खेलको ५२ औं मिनेटमा डेभिसले गोल गर्दै बायर्नलाई ५-० को फराकिलो जित दिलाए।
यस जितसँगै कोरोनाको कारण स्थगित लिग सुचारुपछि बायर्नले लगातार तेस्रो जित निकाल्न सफल भएको छ।
जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्धको अग्रता समेत फराकिलो बनाएको छ।
उपाधितर्फ अघि बढेको बायर्नले डर्टमण्डविरुद्ध १० अंकको अग्रता बनाएको हो। बायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ। एक खेल कम खेलेको डर्टमण्डको ५७ अंक रहेको छ।
डुसलडोर्फ २७ अंकसहित १३ औं स्थानमा रहेको छ। एजेन्सी
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









