जेष्ठ १५ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्ष चयनबारे बिहिबार निर्णायक छलफल हुने भएको छ।
आईसीसीले बुधबार नयाँ अध्यक्ष चयन र निर्वाचनबारे बिहिबार ठोस छलफल हुने जनाएको छ।
आईसीसीले बोर्डको बैठक मंगलबार बसेको र नयाँ अध्यक्ष चयनबारे छलफल भएको समेत जनाएको छ।
तर, नयाँ अध्यक्ष चयनका लागि कुनै निर्णय नभएको र बिहिबारको बैठकले तय गर्ने जनाएको छ।
‘निर्वाचन प्रक्रियासम्बन्धी कुनै अन्तिम निर्णय भएको छैन र बिहीबार आईसीसी बोर्डको अर्को बैठकमा यस विषयमा थप छलफल हुनेछ,’ आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष शशांक मनोहरको दुई वर्षे कार्यकाल यसै वर्ष सकिदैछ। र, उनले आफ्नो कार्यकाल सकिएपछि पद छाड्ने घोषणा गरिसकेका छन्।
आईसीसीको आगामी जुलाईको अन्तिममा वार्षिक साधारणसभा हुँदैछ। त्यस समयसम्म आईसीसीले नयाँ अध्यक्ष चयन गर्ने बताईएको छ।
यस्तै आईसीसीले यसै वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट स्थगित भएको भन्ने समाचारहरु गलत भएको समेत जनाएको छ। एजेन्सी


























