जेष्ठ १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन्।
ट्वीटरले उनको ट्वीटमा ‘तथ्य जाँच’ राखेपछि आक्रोशित बनेका ट्रम्पले सामाजीक सञ्जालहरू नै बन्द गर्ने चेतावनी दिएका हुन्।
उनको उक्त चेतावनीपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सामाजिक सञ्जाहरूका लागि कार्यकारी आदेश जारी गर्ने तयारी गरेको बीबीसीले जनाएको छ।
सामाजिक सञ्जाललाई नियमन गर्नका लागि जारी गरिने भनिएको कार्यकारी आदेशको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
ट्वीटरले आफ्ना ट्वीटमाथि ‘तथ्य जाँच’ राखेपछि ट्रम्पले उसको उक्त कदम आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्न लक्षित रहेको टिप्पणी गरेका थिए।
Facebook Comments


























