काठमाडौं, जेष्ठ १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब नेपाललाई कुनै पनि हालतमा राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुनेमा जोड दिएका छन्।
गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै नेता पौडेलले नेपाली जनताको सात दशक लामो संर्घषले नेपालमा राजनीतिक व्यवस्थाको टुंगो लागेको बताए।
कोरोना संक्रमणका वेला स्थानीय सरकारले देखाएको भूमिकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको आवश्यकता पुष्टि भएको उनको भनाइ छ।
संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नुपर्ने उनले बताएका छन्।
यही व्यवस्थालाई सुदृढ र स्थिर बनाए मुलुकले विकासको काँचुली फेर्ने उल्लेख गर्दै उनले अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिन नहुनेमा जोड दिएका छन्।
Facebook Comments


























