जेष्ठ १३ । बोरुसिया डर्टमण्डका खेल निर्देशक माईकल जोर्कले बुन्डेसलिगाको उपाधि होडमा रहन बार्यन म्युनिखलाई हराउनुपर्ने बताएका छन्।
मंगलबार डर्टमण्डले घरेलु मैदानमा बार्यन म्युनिखलाई आतिथ्यता प्रदान गर्दैछ। सो खेल उपाधि होडमा निर्णायक साविक हुने बताईएको छ। पाहुना टोली बार्यनले लिग तालिकामा चार अंकको अग्रता लिएको छ। बार्यनले पछिल्ला १३ खेलमा १२ खेलमा जित हासिल गरेको छ।
घरेलु टोली डर्टमण्ड समेत उच्च फर्ममा रहेको छ। डर्टमण्डले गत फेब्रुअरीमा भएको खेलमा लिभरकुसनलाई ४–३ गोल अन्तरले हराएको थियो।
‘तिमी भविष्यवक्ता हुन पर्दैन कि यदी हामी उपाधि चाहन्छौ भने हामीले जित्नैपर्छ।’ जोर्कले भनेका छन्, ‘अब मात्र ६ खेल बाँकी छन्। यो सरल छ। तर यो कार्यान्वयन गर्न निकै गाह्रो हुनेछ।’
‘हामीले आफुलाई विश्वास गर्न आवश्यक छ। हामी आत्मविश्वासी हुन आवश्यक छ। हामीले बार्यनको प्रभावको अवधिलाई सामाना गर्नुपर्छ। उनीहरुसंग धेरै बल हुनेछ। हामीले राम्रोसंग प्रतिवाद गर्नुपर्छ। हामी आफ्नो क्षमताबारे सचेत हुन आवश्यक छ।’ उनले थपे।
‘हामीले उनीहरुबिरुद्ध सधै गोल गरेका छौ। हामी उनीहरुलाई जित्न सक्छौ।’ उनले भनेका छन्।
डर्टमण्डका कप्तान मार्को रियुस एक प्रमुख खेलाडी हुन्, जो खेलका लागि अनुपस्थित रहनेछन्। माट्स हुमेल्स सुरुवाती लाईनअपमै फर्कने सम्भवना उच्च छ। यस्तै एक्सल विट्सेल पनि मांशपेशीको चोटबाट मुुक्त हुँदै टिममा फर्कदैछन्।
लिग सुरु भएपछि जाडोन साञ्चो पहिलो पटक सुरुवाती लाईनअपमा देखिन सक्नेछन्। पछिल्लो खेलमा उल्फसवर्गविरुद्ध गोलको अवसर सिर्जना गरेका साञ्चोले यस सिजनमात्र गोलका लाग १६ पटक पास उपलब्ध गराएका छन्।
नोभेम्बरमा भएको खेलमा डर्टमण्डले बार्यनसंगको खेल ४–० ले गुमाएको थियो। तर प्रशिक्षक लुसियन फेब्रे टिमले अवस्था धेरै सुधार गरेको बताउँछन्।
‘त्यो दिन खराब थियो।’ फेब्रेले भने, ‘हामी अझ राम्रो टिम बनेका छौ। हामी धेरै ढाचामा खेल्न सक्छौ। हामीले दुई महत्वपूर्ण हस्ताक्षर समेत गरेका छौ। हामी अहिले राम्रो अवस्थामा छौ।’
डर्टमण्डको फरवार्ड लाईनमा ईर्लिङ हाल्याण्ड रहनेछन्। उनी पहिलो पटक बार्यनका फरवार्ड रोबर्ट लेवान्डोस्कीबिरुद्ध मैदानमा उत्रदैछन्।
‘हाल्याण्ड युवा छन्। तर उनी गोल गर्ने दिशामा निकै अगाडी बढेका छन्।’ डर्टमण्ड प्रशिक्षकले भने, ‘उनी भोका छन्। उनी अग्ला छन्। हामी उनलाई मात्र हेर्ने छैनौ।’ एजेन्सी


























