काठमाडौं, जेष्ठ ११ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक कोरोना संक्रमणमा सरकारको भूमिकाका विषयमा छलफल हुने बताइएको छ। संविधान संशोधन गर्ने सरकारको प्रस्तावका बारेमा समेत छलफल हुने बताइएको छ।
जनता समाजवादी पार्टीका नेताहरुले मधेसी दलले उठाएको संसोधनको मुद्दा समेत संशोधन गर्न कांग्रेसको साथ खोजेका थिए। पार्टी सभापति शेरबहादुर देउवासँग मधेशी दलका नेताले शनिबार भेटेका थिए।
जनता समाजवादीका नेताले शनिबार राखेको प्रस्तावमा छलफल हुनेरनहुने निश्चित नभएको सह(महामन्त्री डा प्रकाशशरण महतले बताए।
Facebook Comments


























