जेष्ठ १० । दोस्रो हाफको चार गोल गर्दै हर्थ बर्लिनले बुन्डेसलिगामा युनियन बर्लिनलाई ४–० गोल अन्तरले हराएको हो।
नोभेम्बरमा पूर्व र पश्चिम बर्लिनबीच भएको पहिलो बुन्डेसलिगा भेटको सुरुवाती १० मिनेट समर्थकले मैदानमै अतिशबाजी गर्दै खेल अबरुद्ध गरेका थिए।
ओलम्पिक रंगशालामा शुक्रबार राति भएको बर्लिन डर्बीमा हर्थले प्रभावशाली प्रर्दशन गर्दै जित आत्मसाथ गरेको हो। उसले पहिलो भेटमा ब्यहोरेको हारको बदला समेत लिन सफल भएको छ।
खेलको ५१ औं मिनेटमा अनुभवी फरवार्ड बेद ईबिसविकले मार्भिन प्लेटेनहार्टको शानदार क्रसलाई सुदुपयोग घरेलु टोलीलाई अग्रता दिलाएका थिए। लगत्तै अर्को मिनेटमा डोडी लुकेबाकियोले अग्रतालाई दोब्बर बनाए।
सान्तोष कार्नेईरो दा कुन्हाले ६१ औं मिनेटमा हर्थलाई ३–० को अग्रता दिलाए। म्यान्चेष्टर सिटीका डिफेन्डर डेडरिक बायटाले ७७ औ हेडमार्फत गोल गर्दै ४–० को नतिजा निकाले।
सन् २०१३ पछि हर्थले घरेलु मैदानमा सबैभन्दा ठुलो जित आत्मसाथ गरेको हो।
जितसंगै हर्थ ३४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ। युनियन बर्लिन ३० अंक सहित १२ औं स्थानमा यथावत छ। एजेन्सी


























