चीन, जेष्ठ १० । कोरोना भाइरसले अर्थतन्त्र संकट परेको बताइरहँदा चीनले रक्षा बजेट बढाएको छ।
समाचार संस्था रोयटर्सका अनुसार सन् २०२० मा चीनले आफ्नो रक्षा बजेट सन् २०१९ को तुलनामा ६ दशमलव ६ प्रतिशतले बढाएको हो।
राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न १२ दशमलव ६८ खरब युआन अर्थात १७८ अर्ब डलर छुट्याइएको छ।
कोरोना भाइरसको उद्भवलाई लिएर अमेरिकाले लगातार चीनमाथि आरोप लगाइरहँदा सम्भावित टकरावको स्थिती समाना गर्न चीनले सैन्य क्षमता बढाउन रक्षा बजेट बढाएको हुन सक्ने आकलन हुन थालेका छन्।
कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकासँगको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेको र यसले सैन्य टकरावको रुप लिन सक्ने भन्दै चीनको रक्षा मन्त्रालयले एक रिपोर्टमा चेतावनी दिएको विषय रोयटर्सले सार्वजनिक गरिसकेको छ। एजेन्सी
Facebook Comments


























