काठमाडौं, जेष्ठ ८ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीलाई अपमान नगर्न चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मन्त्री पोखरेलले भारतलाई संकेत गर्दै नेपालीहरुले कसैको पनि अपमान नसहने चेतावनी दिएका हुन। उनले नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन खोजे नेपालीहरूले कदापि नसहने चेतावनी दिएका हुन्।
‘हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं। नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन। अपमान गर्न खोजे नेपालीहरूले कदापि सहँदैनन्। नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं’, उनले भने।
सरकारले बुधबार भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेको छ। यसलाई भारतले अस्वीकार गरेको छ। पछिल्लो समय नेपाल र भारतबीच सीमानाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।


























