काठमाडौं, जेष्ठ ८ । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि १८ जेठसम्म बन्द गर्ने निर्णय गरिएकामा पुनः सो अवधिलाई बढाएर जेठ मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाई उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।
Facebook Comments


























