काठमाडौं, जेष्ठ ६ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिँदै छन्। संसद बैठक मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको छ। सोही बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूचि छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको थियो । नीति तथा कार्यक्रममा सातवटा संशोधन प्रस्ताव दर्ता भएको छ।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रम मंगलबार नै पारित गर्ने कार्यसूचि छ।
Facebook Comments


























