काठमाडौं, जेष्ठ २ । सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नीति तथा कार्यक्रमका अलावा अन्य प्रस्तावमाथि पनि छलफल गर्ने बुझिएको छ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
यसैगरी मन्त्रिपरिषद बैठकमा सरकारले लकडाउन कडाई गर्ने विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ।
Facebook Comments


























