काठमाडौं, बैशाख ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ।
पार्टीभित्र चलेको विवादका कारण यसअघि रोकिएको बैठक भोलिदेखि सुरु हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
तर, बैठकमा पार्टी भित्रको आन्तरिक विवादभन्दा पनि सीमा समस्या, बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरिने पौडेलको भनाइ छ।
नेकपाका दुई अध्यक्षबीच स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र कार्यसूचीमा सहमति बन्न नसक्दा २५ वैशाखमा बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि चर्किएको विवादमाथि छलफल गर्न वैशाख १० गते नेकपाका २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयसामु तत्काल स्थायी कमिटी बैठक आयोजना गर्न माग गरेका थिए।
Facebook Comments


























