काठमाडौं, असार ७ । डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासहित २ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ।
इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरासमेतले ६१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको उजुरीको आधारमा अनुसन्धान भएको थियो।
अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले काठ पक्राउ गरी नियन्त्रणमा लिएको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बोहोरा र केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउदले ६१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको हो।
उनीहरुमाथी कानुन बमोजिम बिगो रकम कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन्।
Facebook Comments


























