गुल्मी, बैशाख २८ । मुसिकोट नगरपालिका –९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ। चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताए।
आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण नष्ट भएको छ। राति ठूलो आवाजमा चट्याङ परेपछि आगलागी भएको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो। रासस
Facebook Comments


























