बैशाख २८ । चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ।
अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको हो।
चिनियाँ पत्रकारहरुका लागि जटिल बनाइएको भिसाको नयाँ नियमले उनीहरुलाई अमेरिका प्रवेश गर्न गाह्रो हुने रोयटर्सले जनाएको छ। भिसा पाउन केरकस्ता नयाँ नियम थपिएको छ भन्नेबारे केही खुलाइएको छैन।
यसअघि चीनले अमेरिकाबाट प्रकाशित हुने तीन वटा पत्रिकाका पत्रकारलाई देश निकाला गरेपछि त्यसैको जवाफस्वरुप अमेरिकाले कडाई गरेको हुन सक्ने आकलन भएका छन्।
गत मार्चमा चीनले तीन जना पत्रकारलाई देशनिकाला गरे लगत्तै अमेरिकाले पनि चीनका पाँच सरकारी सञ्चारमाध्यका पत्रकारलाई सीमित क्षेत्रमा मात्र पहुँच दिने निर्णय गरेको थियो।
Facebook Comments


























