काठमाडौं, बैशाख २७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरुद्ध तत्काल कदम चाल्न आग्रह गरेका छन्।
आज बिहान ट्विट गर्दै श्रेष्ठले त्यस्तो आग्रह गरेका हुन्। “भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले पनि विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको छ,” श्रेष्ठले भनेका छन्, “हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस्।”
Facebook Comments


























