काठमाडौं, बैशाख २७ । कोरोना भाइरस (कोभिड -१९) को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले बन्द काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन्।
लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ। अधिकांश कर्मचारीहरु घरमै बसिरहेका छन्।
बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
Facebook Comments


























