काठमाडौं, बैशाख २६ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले बेलैमा लकडाउन लगाएकाले कोरोना सङ्क्रमण फैलन नपाएको बताएका छन्।
संसद्को छैटौं अधिवेशन सुरु भएको सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा बोल्दै उपनेता नेम्वाङले नेपालका सन्दर्भमा लकडाउन कामयावी भएको बताएका छन्।
“कोरोना अन्य देशमा भयावह देखिएको छ। नेपालमा धेरै फैलन पाएन। सरकारले समयमै लकडाउन लगाएकाले फैलन पाएन। लकडाउनको विकल्प पनि थिएन,” नेम्वाङले भने, “आजसम्म १ सय १ जना सङ्क्रमित फेला परेका छन्। २० जना निको भइसकेका छैनन्। सङ्क्रमितहरूमध्ये एकजनालाई पनि भेन्टिलेटरमा, आइसीयूमा राख्नु परेका छैन। सबै सामन्य अवस्थामा छन्।”
Facebook Comments


























