काठमाडौं, बैशाख २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको अपहरणको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कार्वाही गर्न माग गरेका छन्। आजबाट सुरु भएको संघिय संसदको छैटौ अधिवेशन सभापति देउवाले सो धारणा राखेका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लकडाउनको बेला सरकारले दुईवटा अलोकतान्त्रिक अध्यादेश ल्याएर अलोकतान्त्रिक चरित्र देखाएको धारणा राखे ‘सबै मिलेको बेला दलविभाजनको अध्यादेश ल्याउनुले सरकारको नियत प्रष्ट भएको छ।’ उनले भने।
आगामी बजेट कोरोना केन्द्रित हुनुपर्ने उनको भनाई थियो। कोरोना नियन्त्रण प्रयासको समिक्षा गर्दै विषेश निती बनाउन स्मरण गराएका देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीको र सरसफाईकर्मीको प्रसंसा गरे।
Facebook Comments


























