काठमाडौं, बैशाख २६ । संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ। कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिलाई ध्यान दिँदै आवश्यक सतर्कता अपनाएर बैठक सुरु भएको हो।
सभामुख अग्नि सापकोटाले नोभल कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देशअनुसार संसदको बैठक सञ्चालन गरिएको बताएका छन्। संसदमा सांसदहरूबीच सामाजिक दूरी कायम गरिएको छ भने कोरोना परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएका सांसदहरू मात्र बैठकमा सहभागी छन्।
संघीय संसदका राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको बैठक अहिले सुरु भएको छ। बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश सभामुख सापकोटाले पढेर सुनाएपछि बैठक अघि बढेको छ। प्रतिनिधिसभामा शुक्रबार विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची छ।
Facebook Comments


























