काठमाडौं, बैशाख १५ । सत्तारुढ दल नेकपाभित्र विवाद चर्किरहेको बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
दुवै नेताहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको नेता नेपालनिकट एक नेताले बताए। उनले प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच के कुरा भयो भन्ने खुलाउन चाहेनन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालबीच प्रधानमन्त्री ओलीलाई बजेट अघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
दुवै पक्षबीच प्रधानमन्त्री ओलीबाट पार्टी तथा सरकार सञ्चालन हुन नसक्ने निष्कर्ष निकाल्दै विकल्प खोज्ने विषयमा सहमति भएको छ।
Facebook Comments


























