काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दिउसो ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अघिल्लो मन्त्रिपरिद बैठकबाट दुईवटा राजनीतिक अध्यादेश ल्याएपछि उत्पन्न परिस्थितिपछि पहिलो पटक ओलीले क्याबिनेट बोलाएका हुन्।
बैठकमा विवादास्पद उक्त अध्यादेशमाथि छलफल हुनसक्ने स्रोतले बताएको छ। संविधानविद्हरूका अनुसार संविधानको धारा ६६ अनुसार मन्त्रिपरिषदले अध्यादेश फिर्ता लिन सिफारिश गरेपछि राष्ट्रपतिबाट धारा ११४ अनुसार यसको खारेजी हुनसक्छ।
सोमबार जारी दुई अध्यादेशलाई लिएर पार्टी बाहिर मात्रै होइन भित्रै पनि व्यापक आलोचना भइरहेको छ। बिहिवार दिउसो भैसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा अध्यक्ष पुष्पकमल दाहालसहित ६ जना सचिवलाय सदस्यको भेलाले अध्यादेश फिर्ता गराउने निश्कर्ष निकालेको थियो।
Facebook Comments


























