बेंसीसहर, बैशाख ११ । भेडा चराउन बन गएका लमजुङको क्ब्होँलासोँथर गाउँपालिका ९ विम्दाबेंसीका एक युवाको भीरबाट खसेर मृत्यु भएको छ। वडा नं २ को मालिङमा भेडा चराउन गएका ४५ वर्षीय श्याम गुरुङको भीरबाट लडेर मृत्यु भएको हो।
भेडा चराउने क्रममा भीरबाट करिब १ सय मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता ओमप्रकाश पुनले बताए।
Facebook Comments

























