बैशाख ९ । कोरोना भाईरसको महामारीको कारण स्थगित फ्रेन्च लिग वान र लिग टु फुटबल जुनबाट सुचारु गरेर जुलाईमा सक्ने तयारी गरिएको छ।
लिग डे फुटबल प्रोफेसनल (एलएफपी) ले स्थगित शीर्ष दुई लिग जुन १७ बाट सुचारु गर्ने तयारी गरेको हो। यस्तै एलएफपीले लिग जुलाई २५ भित्र सक्ने योजना समेत अघि सारेको छ।
कोरोनाको कारण फ्रेन्च लिग गत मार्च १३ बाट स्थगित गरिएको छ। फ्रान्सले आगामी मे ११ सम्म लकडाउनको घोषणा गरेको छ।
एलएफपीले फ्रान्स फुटबलको सर्वोच्च निकायलाई पछिल्लो योजनाबारे जानकारी समेत गराएको छ।
यस्तै लिग बन्द रंगशालामा खेलाउनेबारे भने निर्णय नभएको बताईएको छ।
लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) २७ खेलमा १२ अंकको अग्रता सहित शीर्ष स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























