महाराष्ट्र, बैशाख ८ । भारत महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ। महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो।
गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालकलाई केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ।
उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
Facebook Comments


























