पर्वत, बैशाख ८ । चट्याङ लागेर पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको आइतबार चट्याङ लागेर मृत्यु भएको हो।
साँझ साढे ५ बजेको समयमा गोठमा बाख्रा बाँधिरहेको अवस्थामा चट्याङ लागेर गम्भिर घाइते उनलाई कुस्मामा रहेको पर्वत अस्पतालमा लगिएको भए पनि चिकित्सिकहरुले मृत घोषित गरेका थिए।
Facebook Comments


























