बैशाख ७ । कोरोना भाईरसका कारण भारतीय आई लिग रद्ध गर्ने सिफारिस गरिएको छ।
कोरोनाका संक्रमणबाट बच्न देशभर जारी रहेको लकडाउनका कारण आईलिगका बाँकी खेललाई रद्ध गर्दै मोहन बगानलाई नयाँ च्याम्पियन घोषणा गर्न सिफारिस गरिएको हो।
आई लिग कमिटिको शनिबार बसेको बैठकले लिग पुन सुरु नगर्न र मोहन बगानलाई च्याम्पियन बनाउन निर्णय गर्दै भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई पत्र लेखेको छ।
कोरोनाका कारण भारतमा लकडाउन मे ३ सम्म लागु हुनेछ।
मोहन बगानले चार चरणको खेल अगाडीनै उपाधि आफ्नो नाममा लेखाएको हो। सरकारी निर्देशन अनुसार मार्च १४ सम्म लिग स्थगित गरिएको थियो।
लिग अगाडी मोहन बगानको १६ खेलबाट ३९ अंक रहेको थियो। ईस्ट बंगाल र मिनरवा पञ्जावको समान २३ अंक रहेको थियो। र रियल कश्मीरको २२ अंंक रहेको थियो।
‘लिगको शीर्ष स्थानको मोहन बगानको ३९ अंक रहेको छ। जसले अन्य टिम भन्दा मोहन बगानको अंकको अन्तर धेरैनै छ। यदी म्याच खेलेको अवस्थामा समेत मोहन बगाननै अगाडी हुन्छ।’ लिग कमिटिले भनेको छ।
कमिटिले यस सिजन कुनैपनि टिमलाई रेलिगेशनमा नझार्न सिफारिस गरेको छ।
लिग कमिटिका अध्यक्ष तथा भारतीय फुटबल महासंघ एआईएफएफका उपाध्यक्ष सुब्रत दत्तको अध्यक्षतामा शनिबार लिग कमिटिको बैठक बसेको थियो।
कमिटिले निर्णयले आईजोल एफसी र नेरोका एफसीलाई भने राहत मिलेको छ । समितिले विभिन्न युवा लिगलाई समेत रद्ध गर्न सिफारिस गरेको छ ।


























