बैशाख ७ । कोरोना भाइरसको संक्रमण नरोकिएपछि अमेरिका र क्यानडाको सीमा अरू एक महिना बन्द हुने भएको छ।
कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत्र ६ गतेदेखि बन्द अमेरिका र क्यानडाको सीमानाका अरू ३० दिन बन्द गर्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जनाएका छन्।
अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा भने पूर्ववत अवस्थामै सञ्चालन हुनेछ। अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाजहरु भने सीमा नाका बन्द हुँदा पनि रोकिएका छैनन्।
अमेरिकाले आन्तरिक तथा बाह्य यात्रा प्रतिबन्ध जुन ३० सम्म लम्ब्याउने घोषणा गरेलगत्तै क्यानडाले पनि थप ३० दिनलाई सीमा बन्द गर्ने निर्णय गरेको हो।
Facebook Comments


























