काठमाडौं, बैशाख ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लकडाउनमा पनि घर फर्किरहेकाहरु मजदुर र विपन्न वर्गहरुप्रति विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।
कामविहीन भएका र परिवारका मायामा सयौं किलोमिटर हिडेर गरेर घर फर्किरहेका समाचार प्रकाशित भएपछि अध्यक्ष थापाले सरकारसँग आग्रह गरेका हुन्।
अध्यक्ष थापाले घर जाने व्यवस्था गर्न नसके पनि सहयोगको विकल्पहरु अपनाउन सुझावसमेत दिएका छन्। ‘सरकार भावनामा बगेर निर्णय गर्नु हुदैन भन्छ तर काम नपाएर, खान बस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमी हिँडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन ?,’ थापाको सुझाव छ, ‘उनीहरुलाई सम्झाई बुझाई आवाश्यक व्यवस्था गरी यथास्थानमा राख्नुहोस वा घर पुग्न सहयोग गर्नुहोस, यति भावनारहित हुनु भएन।’
मुख्यतः काठमाडौं उपत्यकाबाट सयौंका संख्यामा धुलिखेल, नागढुंगा हुँदै बाहिरिने क्रम बढेपछि थापाले उक्त आग्रह गर्दै आउने क्रमममा सामाजिक सञ्जाल ट्वीटरबाट आग्रह गरेका हुन्।


























