इटहरी, चैत्र ३० । लकडाउनको मौका छोपी सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट हरिण मारेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाली सेनाले शनिबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिका–९, श्रीलंका टापुको नारायणपुर भन्ने स्थानबाट मारेको हरिणसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
श्री शत्रुभञ्जन गुल्मका सेनानी रामचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार शिकार गर्दै गरेको जानकारी पाएपछि नेपाली सेना र आरक्ष कर्मचारीको संयुक्त टोलीले श्रीलंका टापुको नारायणपुर बस्ने ३० वर्षीय सन्तोष कविरथ र ४० वर्षीय दोमा कविरथलाई पक्राउ गरिएको हो।
‘करीब ४ वर्षको हरिण मारिएको रहेछ,’ श्रेष्ठले भने, ‘पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा बुझाएका छौँ।’
लकडउनको मौका छोपी चोरी, शिकारी गर्नेहरुका लागि सेनाले विशेष निगरानी गरेको जनाइएको छ।


























