चैत्र ३० । साउदी अरेबियाले देशभर लगाइएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ।
अलजजीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो। साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको २१ दिने कर्फ्यू बढाउने निर्देशन दिएका हुन्।
गत साता साउदीले रियादलगायत अन्य सहरमा भने कर्फ्यूको समय बढाएको थियो। यी सहरमा २४ घण्टा नै कर्फ्यूको घोषणा गरिएको हो। यी सहरमा मानिसहरुलाई अत्यावश्यक सामग्रीका लागि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिइएको छ।
हालसम्म कोरोना भाइरस संक्रमणका कारण साउदी अरेबियामा ४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ।
Facebook Comments


























