चितवन, चैत्र २८ । लागु औषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २५ की धनमाया भन्ने सानुमगर, वडा नम्बर २४ का प्रदीप विक र सोही वडा बस्ने अर्का पदमबहादुर तामाङ रहेका छन्। उनीहरूलाई ४ केजी ९३६ ग्राम लागुऔषधसहित पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एक नारायण कोइरालाका अनुसार गत चैत्र २० गते भरतपुर महानगरपालिका वडा नम्बर २४ स्थित जगतपुरमा प्रदेश २–०३–००५ प ६६८१ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त मोटर साइकलमा पछाडि सवार सानुमाया मगरले बोकेको झोलामा लागु औषध गाँजा १ किलो १५ ग्राम बरामद भएको थियो।
उनीसहित मोटर साइकल चालक प्रदीप विकलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूलाई सोधपुछ गर्दा पदमबहादुर तामाङसँग खरिद गरी ल्याएको जानकारी पाएपछि तामाङको घरमा गई खानतलासी गर्दा निजले घरमा बिक्री गर्न राखेको ३ किलो ८२८ ग्राम फेला परेको कोइरालाले जानकारी दिए।
पक्राउ परेका तीनै जनाविरुद्धमा लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ। धनमाया भन्ने सानुमाया मगर र प्रदीप विकलाई ६ महिनादेखि २ वर्ष कैद र २ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना र पदमबहादुर तामाङलाई १ वर्षदेखि ३ वर्ष कैद र ५ हजार देखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको कोइरालको भनाइ छ।


























