गुल्मी, चैत्र २८ । गुल्मीमा आफ्नै छोराले बुबाको हत्या गरेका छन्।
शुक्रबार बिहान ईस्मा गाउँपालिका २ पालुखा बस्ने २५ वर्षीय अर्जुन कुमालले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ। ४६ वर्षीय टेक हादुर कुमाललाई ढुंगाले हानी हत्या गरेको अभियोगमा उनलाई शुक्रबार पक्राउ गरिएको छ।
अर्जुनले आफ्नै बुबालाई ढुङगाले हानी हत्या गरेको भन्दै आफन्तले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
Facebook Comments


























