चैत्र २८ । विश्वभरमा कोरोना संक्रमण भएका तीन लाख ६० हजारभन्दा बढी बिरामी निको भएका छन्। जोन होप्किन्स विश्वविद्यालले अद्यावधिक गरेको शुक्रबार दिउँसो साँढे ४ बजे सम्म (नेपाली समय अनुसार) को तथ्यांकअनुसार ३ लाख ६१ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन्।
निको हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्। चीनमा मात्रै ७७ हजार ७ सय ५८ जना कोरोना संक्रमित निको भएका छन्। त्यस्तै, स्पेनमा ५५ हजार ६ सय ६८ जना निको भएका छन्। यसैगरी जर्मनीमा ५२ हजार ४ सय ७ जना कोरोना संक्रमित निको भइसकेका छन् भने इरानका ३२ हजार ३ सय ९ जना संक्रमितमा गरिएको उपचार सफल भएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको क्षति भएको इटलीमा भने २८ हजार ४ सय ७० जना निको भइसकेका छन्। अमेरिकामा २६ हजार ५ सय २२ जना निको भएका छन्।
हालसम्म १६ लाख ५ हजार ५ सय ४८ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन्। यी मध्ये ९५ हजार ८ सय ८ जनाको मृत्यु भएको छ।


























