चैत्र २८ । स्कटल्याण्डमा फुटबल गतिविधि आगामी जुन दोस्रो सातासम्मको लागि स्थगित गरेको छ।
कोरोना भाईरसको महामारीको कारण स्कटल्याण्डले जुन १० सम्म फुटबल गतिविधि स्थगित गरेको हो। यस अघि स्कटल्याण्डले अप्रिल ३० सम्म स्थगित गरेको थियो। तर, कोरोना नियन्त्रण भन्दा बाहिर गईरहेपछि स्कटल्याण्डले स्थगित मिति थप गरेको हो।
कोरोनाको कारण मार्च १३ बाट स्कटल्याण्डमा फुटबल गतिविधि बन्द रहेको छ। स्कटिस फुटबलका अध्यक्ष रोड पेट्रीले यस कदमले क्लब, खेलाडी,कर्मचारी र समर्थकको सुरक्षामा सहयोग पुग्ने बताएका छन्। एजेन्सी
Facebook Comments


























