चैत्र २७ । ह्वाट्सएपमा अब एक पटकमा एक व्यक्तिलाई मात्रै म्यासेज फर्वार्ड गर्न सकिने भएको छ। कोरोना बारे गलत सूचना फैलन नदिन ह्वाट्सएपले यस्तो व्यवस्था गरेको हो।
जसको कारण अब ह्वासएप प्रयोगकर्ताले म्यासेज अब एक पटकमा एकजनालाई मात्रै पठाउन सक्ने छन्। यो भन्दा अगाडी एकपटकमा पाँचजना सम्मलाई म्यासेज पठाउन सकिने व्यवस्था रहेको थियो।
ह्वाट्सएपले सही सूचना प्रवाह गर्न विभिन्न संघसंस्थासँग मिलेर पनि काम गरिरहेको छ। त्यस्तै ह्वाट्सएपले एक फिचरमा काम गरिरहेको छ, जसको सहयोगले म्यासेजको प्रमाणीत गर्न सकिने छ। यो अहिले बटा फेजमा रहेको छ।
Facebook Comments


























