काठमाडौं, चैत्र २६ । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपालभर लागु गरिएको लकडाउनका कारण विभिन्न ठाउँमा फसेका बेलायतीहरु स्वदेश फर्किएका छन्।
बुधबार २५० बेलायतीको उद्धार गरेर चार्टर विमानमार्फत स्वदेश फर्काइएको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्विटरमार्फत जानकारी गराएकी छन्।
उनका अनुसार शुक्रबारसम्म २५० बेलायतीलाई फर्काउने गरी काम भइरहेको समेत जनाएकी छन्। उनले बेलायतीहरुलाई सकुशल स्वदेश फिर्ता गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्।
उनले यसअघि नेपालमा रहेका बेलायतीहरुका लागि यात्रु विमाको अवधि स्वत: ६० दिन बढाइएको बताएकी थिइन्।
Facebook Comments


























