महेन्द्रनगर, चैत्र २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित गुँबारीमा बुधबार एक महिलाको शव फेला परेको छ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय ३६ वर्षीय कमला विष्ट गहुँबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिएका छन्।
उनको मृत्युको कारण खुल्न सकेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि अहिले महाकाली अस्पताल ल्याइएको छ। उनको श्रीमान कामको सिलसिलामा भारतको पन्जावमा रहेको पाइएको प्रहरीले जनाएको छ। मृतक विष्टका एक छोरा र एक छोरी छन्।
Facebook Comments


























