चैत्र २६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ। बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ।
कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार २४२जना पुगेको छ। जसमा एकै दिन ३ हजार ६ सय ३४ जना संक्रमित भएको जनाइएको छ।
बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन्। १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। संक्रमितमध्ये ४८ हजार ९४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ। एजेन्सी
Facebook Comments


























