काठमाडौं, चैत्र २६ । सेयर कारोबार बैशाख ३ गतेसम्मका लागि बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आगामी बैशाख ३ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने एक सुचना मार्फत जानकारी गराएको छ।
नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् चैत्र २५ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो। तर सरकारले एक साताको लागि लकडाउनको अवधि थप गरेसंगे नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो।
Facebook Comments


























