मनोज घिमिरे,
सन् २०२० को आगमनसँगै सिङ्गो विश्वले हर्षोल्लासका साथ नयाँ वर्षलाई स्वागत गर्दै थियो। हरेक देशले इश्वी नयाँ वर्षमा नयाँ जोशका साथ केही नवीन उपलब्धी हासिल गर्ने विश्वास राखेका थिए। तर, सन् २०२० मानिसहरूको सोचभन्दा विल्कुलै फरकरूपमा परिणत भइदियो। सन् २०२० हाम्रा सन्ततिले भविष्यमा इतिहास बुझ्न गुगलमा खोज्ने विषयवस्तु बन्नेमा दुई मत नहोला। कोरोना भाइरस सन् २०१९ को अन्तिममा भेटिएको कारण कोभिड १९ नामाकरण गरिए पनि भाइरसको महामारीले वर्ष-२०२० लाई हालको पुस्ताले सम्झिरहने वर्ष बनाउने निश्चित छ। विश्वभरका मानिसहरू चिन्तित छन्। राष्ट्र सञ्चालनको जिम्मेवारी पाएका राष्ट्र प्रमुखहरू के गर्ने के नगर्ने भन्नेमा दोधार देखिन्छन्। लकडाउनको सन्नाटाले सिङ्गो विश्वको अर्थतन्त्र रोकिएको छ।
उद्योग कलकारखाना, यातायात, विकास निर्माणका काम सबै ठप्प भएका छन्। एकातिर द्रुतगतिमा दुषित हुँदै गएको वातावरणले थोरै भए पनि स्वच्छ हुने अवसर पाएको छ। मानिसका क्रियाकलापका कारण प्रकृतिले मानव सभ्यतालाई एक पटक झक्झकाएर ब्यूँझाउन गरिरहेको प्रयास त होइन यो भाइरस? यो पनि सोच्ने बेला भएको छ। प्राकृतिक श्रोतको चरम उपभोग तथा प्राविधक विकास गरेर अत्याधुनिक संसारमा रमाउन अभ्यस्त बनेका मानवहरूले प्रकृतिलाई मासेर लामो समयसम्म अगाडि बढ्न नसक्ने पनि पुष्टी भएको छ। जलवायु परिवर्तनका कारण हिमालयमा हिउँ पग्लिन थालेका छन्।
हाल सिङ्गाे ब्रह्माण्डलाई कोरोना भाइरसले खाउला जसरी अंकमाल गरिरहेको छ। हिजोसम्म अत्याधुनिक हतियार निर्माण तथा परमाणु भण्डारण गरेर आफूलाई विश्वको सर्वशक्तिमान् ठानिएका राष्ट्रका प्रमुखहरु नै कोरोना भाइरसका अगाडि निरीह सावित बनेका छन्।
हरिया वनजंगल र डाँडापाखाहरू उदाङ्गो र खण्डहर बनेका छन्। खोलानाला सुकेका छन्। हिउँद महिनामा समेत पृथ्वीको औसत तापक्रम बढदो छ। गर्मीमा पनि तापक्रम स्वाभाविक भन्दा उच्च हुँदै छ। बाढीपहिरोले ज्यान गुमाउनेको संख्या हरेक बर्ष थपिँदै छ। समुन्द्र पलपलमा दुषित हुँदैछ। युनिभर्सिटी अफ सिडनीका प्रोफेसर डिकमनका अनुसार सन् २०१९ जुनमा सुरु भएको अष्ट्रेलियन बुस फाएर डडेलोका कारण करिब १ अर्ब विभिन्न जनवारहरू जलेर मरेका छन्।
त्यस्तै ३४ जना मानिसले पनि ज्यान गुमाए। हरेक वर्ष ग्लोबल वार्मिङका कारण फरक फरक प्रकृतिका रोग देखा पर्न थालेका छन्। विशेषज्ञहरूका अनुसार ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका कारण जिका, कोलेरा, जोम्बी भाइरस, जस्ता रोग देखा परेका छन्। यस्तै मानवीय गतिविधिका कारण मर्स, सार्स, हान्ता भाइरस, कोभिड-१९ जस्ता महामारी फैलिएका छन्। हाल सिङ्गाे ब्रम्हाण्डलाई कोरोना भाइरसले खाउला जसरी अंकमाल गरिरहेको छ। हिजोसम्म अत्याधुनिक हतियार निर्माण तथा परमाणु भण्डारण गरेर आफूलाई विश्वको सर्वशक्तिमान् ठानिएका राष्ट्रका प्रमुखहरु नै कोरोना भाइरसका अगाडि निरीह सावित बनेका छन्।
विज्ञानले मानिसलाई आधुनिक र सौखिन बनायो। हामीले विज्ञान र प्रविधिको गलत प्रयोग गर्यौं। पृथ्वीलाई फाइदा हुने काम बिरलै गर्यौं। प्रविधिलाई हामीले मानव जातिकै विरुद्ध प्रयोग गर्यौं, हातहतियार बनायौं र आफ्नै मान्छे विरुद्ध प्रयोग गर्न पनि पछि परेनौं। जस्ले गर्दा हामीले गरेको क्रियाको प्रतिक्रिया बनेर भित्रिन आइपुगे अनेक रोग अनि महामारीका भाइरसहरू। हरेक सहज र असहज परिस्थितिमा सम्भावना र चुनौती दुवै सँगै आउने गर्दछन्।
हिजोका दिनमा गरिएका विकास निर्माणका काममा भएका प्रकृतिको दोहोन, सर्वशक्तिशाली बन्ने होडबाजीमा हिजो युद्दमा प्रहार गरिएका बम बारूद तथा क्षेप्यास्त्र, आहारविहारको रूपमा अमानवीय तरिकाबाट हुने जीव हत्या, सुखसुविधाका लागि बनाइने यान्त्रिक विकाश तथा फरकफरक इञ्जिनबाट हुने धोनी तथा वायुप्रदुषणका साथै वनजंगल फडानीका कारण हिजो हामीलाई हाम्रा पूर्खाले सही सलामत छाडेर गएको सुन्दर ब्रमाण्डलाई २१ औँ शताब्दीसम्म आइपुग्दा अत्याधुनिक युगको नाममा हामीले एउटा विशााल परमाणु हतियारको रूपमा परिणत गरिसकेका छौं।
‘सर आइज्याक न्यूटन’ले गतिको तेश्रो नियममा हरेक कार्यका लागि त्यहाँ अर्को बराबर र विपरीत प्रतिक्रिया हुने बताएका छन्। न्युटनले सत्रौं शताब्दीमा पत्ता लागाएको नियम नै आज मानव सभ्यतामाथि लागू भइरहेको छ। विज्ञानले मानिसलाई आधुनिक र सौखिन बनायो। हामीले विज्ञान र प्रविधिको गलत प्रयोग गर्यौं। पृथ्वीलाई फाइदा हुने काम बिरलै गर्यौं। प्रविधिलाई हामीले मानव जातिकै विरुद्ध प्रयोग गर्यौं, हातहतियार बनायौं र आफ्नै मान्छे विरुद्ध प्रयोग गर्न पनि पछि परेनौं। जस्ले गर्दा हामीले गरेको क्रियाको प्रतिक्रिया बनेर भित्रिन आइपुगे अनेक रोग अनि महामारीका भाइरसहरू। हरेक सहज र असहज परिस्थितिमा सम्भावना र चुनौती दुवै सँगै आउने गर्दछन्।
हालको अवस्थाबाट हामीले चुनौतीको सामना गर्न सम्पूर्ण मानव समुदाय एक हुन जरुरी छ। एकअर्काप्रति मानवीयता प्रकट गर्दै सक्षम देशले कमजोर देशको घाउमा मल्हम लगाउन ढिलो गर्न हुँदैन। कोरोनाको महामारीबाट मुक्ति मिलेपछि हामी सुध्रन आवश्यक छ। विज्ञानको प्रयोग प्रकृतिलाई स्वच्छ र सफा राख्न गर्नुपर्ने देखिन्छ। हरेक देशले हातहतियार तथा परमाणु भट्टीमा खर्च गर्ने गरेको रकमलाई वातावरणको संरक्षणमा खर्च गर्नुपर्ने देखिन्छ। भविष्यमा विज्ञानको गलत प्रयोग गरेर मानव जातिलाई अर्को संकटमा पार्ने छैनौं भनी सबै विकसित देशले प्रण गर्नुपर्छ। विज्ञानलाई श्राप होइन, वरदान सावित गरौं। जय पृथ्वी, जय ब्रह्माण्ड।
























