चैत्र २२ । भारतमा आयोजना हुने फिफा यू-१७ महिला विश्वकप फुटबल स्थगित भएको छ। कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो।
भारतीय फुटबल फेडेरेसनले शनिबार एक विज्ञप्ति निकाल्दै विश्वकप स्थगित गरिएको जनाएको छ। प्रतियोगिता नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने तय थियो।
भारतको अहमेदबाद, गुवाहाटी, कलकता, भुवनेश्वर र नाभी मुम्बईमा हुने तय भएको थियो। फिफाले पहिलो पटक यू-१७ विश्वकप विभिन्न पाँच शहरमा आयोजना गर्न दिएको थियो। एजेन्सी
Facebook Comments