काठमाडौं, चैत्र २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।
कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नो तर्फबाट ऐक्यबद्धता जनाएका हुन्।
Facebook Comments


























