चितवन, चैत्र २२ । चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गर्ने तयारी भएको छ। भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा शनिबारबाट कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइनेछ।
भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो। सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशंकामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ। भरतपुरमै प्रयोगशाला सञ्चालन भएपछि अब गाडीमार्फत् दिनहुँ नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता हट्नेछ।
Facebook Comments


























