काठमाडौं, चैत्र २२ । लकडाउनका कारण नेपालमा रोकिएका विदेशी पर्यटक लैजान शनिबार चारवटा अन्तराष्ट्रिय चार्टर उडान हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबार मलेसियन एयरलाइन्सले दुई, मालिन्दो र चेक एयरलाइन्सको एक-एक वटा उडान गर्नेछन्।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार विदेशी पर्यटक लैजान कतार एयरवेजका दुईवटा जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेका छन्।
उनका अनुसार कतार एयरलाइन्सले जर्मन र फ्रान्सका नागरिक लैजानेछन्। ३ सय ५ सिट क्षमता भएको एयरबसमा एक वटामा ३ सय र अर्को एयरबसमा ३ सय ५ जना गरी ६ सय ५ विदेशी पर्यकलाई लैजानेछ।
त्यस्तै शनिबार बिहान ११ बजेर ४० मिनेटमा आउने मालिन्दो एयरलाइन्सले एयरबस ३२० विमानले मलेसियन र सिंगापुरका ७३ जना पर्यटकलाई लैजानेछ।
त्यस्तै विहानै साँढे ११ बजे चेक एयरलाइन्सको एयरवस ३२० विमानले चेक गणतन्त्रका ९५ जना नागरिकलाई लैजानेछन्।
प्राधिकरणले आइतबारका लागि कतार एयरलाइन्सको एक जहाजलाई उडान अनुमति दिएको छ। अमेरिकन दूतावासको पहलमा उक्त एयरलाइन्सलाई चार्टर उडान अुनमित दिइएको प्रवक्ता क्षेत्रीले जनाकारी दिए।
नेपालमा रोकिएका विभिन्न देशका नागरिकलाई विभिन्न वायुसेवा कम्पनीले चार्टर उडान गरी स्वदेश र्फिता लगेका छन्।