काठमाडौँ, चैत्र २२ । सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन्।
सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो।
महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सुनारले अफवाह फैलाएको कञ्चनपुर प्रहरीले जनाएको छ।
सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर पोष्ट गरेका थिए।
कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ।
Facebook Comments